फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुक नेतागणको स्यामन वार्ता उपलब्धिमूलकः चीनको वाणिज्य मन्त्रालय

(GMT+08:00) 2017-09-07 17:12:56

ब्रिक्स मुलुक नेतागण बीचको नवौ‌ वार्ता तथा नवस्थापित बजारमूलक मुलुक एवम् विकासोन्मुख मुलुकबीचको वार्ता चीनको स्यामनमा सफलताका साथ सम्पन्न भएको छ। सहभागी नेताहरुबाट आर्थिक तथा व्यापारिक श्रृंखलाबद्ध प्रस्तावहरु तथा दस्तावेजहरू अनुमोदित भएका छन्। उक्त जानकारी चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले ७ तारिख आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो।

प्रवक्ता काउ फङका बमोजिम, चीनका वाणिज्य मन्त्री चुङ शान र ब्रिक्स मुलुकका अर्थ मन्त्रीहरुले 'ब्रिक्स मुलुक आर्थिक तथा व्यापारिक सहयोग कार्यक्रम'मा हस्ताक्षर गर्नुभएबाट दोस्रो सुनौलो दश वर्षको थालनी भएको छ।

व्यापारिक विकास प्रवर्द्धन गर्न ब्रिक्स मुलुक नेतागण स्यामन वार्ताले एक सेट मैत्री योजना तर्जुमा गरेको छ। यसका अतिरिक्त, सो वार्ताबाट लगानी सुविधा बढाउने कार्यक्रमको दस्तावेज पनि तयार पारिएको छ। जसबाट ब्रिक्स मुलुकहरु बीच आर्थिक तथा प्राविधिक सहयोगलाई गहन पार्ने सहयोगात्मक प्रारुपलाई निश्चित गरिएको छ। ब्रिक्स मुलुक स्वतन्त्र व्यापार क्षेत्रको स्थापना, संभाव्यताको अध्ययनको सम्बन्धमा प्रवक्ता काउ फङले भन्नुभएको छः यो नै सम्बद्ध मुलुकको साझा अपेक्षा तथा प्रयासबाट निश्चित हुन्छ र चीनले यसप्रति सकारात्मक तथा खुला अडान लिन्छ।

जानकारी तथा लेखहरु