फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री तथा नेपालका उप प्रधानमन्त्री बीच भेट-वार्ता

(GMT+08:00) 2017-09-07 19:07:33

चीनका परराष्ट्र मन्त्री वाङ यीले सात तारिख पैचिङमा यहाँ भ्रमणमा आउनुभएका नेपालका उप प्रधानमन्त्री कृष्णबहादुर महरासँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा परराष्ट्र मन्त्री वाङ यीले चीन र नेपाल असल छिमेकीपना भएका साझेदार हुन् र आपसी मित्रताको जग दुई देशका जनताको मनमा बसालिएकोले पारस्परिक विश्वासको हाराहारीमा वस्तुगत सहयोगात्मक उपलब्धि हासिल गरेको औंल्याउनुभएकोछ। आपसमा समान व्यवहार, एक अर्काको समर्थन तथा संयुक्त विकास नै दुई देश बीचको सम्बन्ध परिक्षामा पार भैरहेको मुख्य कारण हो भन्ने कुरा पनि परराष्ट्र मन्त्री वाङ यीले पुष्टि गर्नुभएको छ। चीनले नेपालसँगै मिलेर आपसी उच्चस्तरिय आदानप्रदान, सम्पर्क तथा जोडलाई गहन पार्दै प्रकोपपछिको पुनर्निर्माण, व्यापार तथा लगानी, उर्जा तथा पर्यटन लगायत महत्वपूर्ण क्षेत्रहरुमा सहयोग गर्ने इच्छा लिएको छ। बेल्ट एण्ड रोड अवधारणाको संयुक्त कार्यन्वयनबाट नेपालको विकासलाई छिटो पार्नुका साथै आपसी सम्बन्धको विकासमा पनि अझ जीवन्त शक्ति थप्ने विश्वास चीनले लिएको छ।

नेपालका उप प्रधानमन्त्री महराले नेपाल-चीन सम्बन्ध आपसी सम्मानता तथा समान व्यवहारको बलियो आधारमा खडा गरिएको जोड दिनुभएको छ। नेपालका विभिन्न पार्टीहरुले चीनसँगको सम्बन्धको विकासमा ठूलो मतैक्य हासिल गरेको र एक चीन भन्ने नीतिको नेपालले अडिगतका साथ पालना गर्दै जाने छ। कुनै व्यक्तिले नेपालको भूभागमा चीनको सार्वभौमसता तथा हितमा क्षति पुर्‍याइने काम गर्न नेपालले छूट दिँदैन। नेपालको आर्थिक तथा सामाजिक विकास क्रममा चीनले दीर्घकालीन सर्मथन तथा सहयोग दिँदै आएको साथै नेपालमा प्रकोपपछिको पुनर्निर्माणको सम्बन्धमा चीनले मूल्यवान समर्थन दिँदै आएकोमा नेपालले धन्यवाद ज्ञापन गर्दछ। भविष्यमा चीनबाट निरन्तर समर्थन तथा सहयोग पाउने इच्छा पनि नेपालले व्यक्त गरेको छ। नेपालले चीनको बेल्ट एण्ड रोड अवधारणामा सक्रिय समर्थन तथा सहभागिता जनाउँदै जाने छ। यसै प्रारुपमा आपसी वस्तुगत सहयोगलाई विस्तार गर्दै आर्थिक, व्यापारिक, लगानी, अन्तर्देशिय रेल, पर्यटन लगायतका क्षेत्रमा हुने सहयोगलाई अझ विकसित पार्ने अपेक्षा पनि नेपालले व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु