फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाडको बन्दोबस्त तुरुन्त बन्दः चीन

(GMT+08:00) 2017-09-07 19:11:18

अमेरिकाले दक्षिण कोरियामा बन्दोबस्त गरेको थाड क्षेप्यास्त्र प्रतिरोधी प्रणालीप्रति चीनले स्पष्ट तथा निरन्तर रुपमा विरोध गरिरहेको छ। अमेरिका तथा दक्षिण कोरियाले सम्बन्धित बन्दोबस्त प्रक्रियालाई तुरुन्त बन्द गर्ने ताकिता चीनले फेरि एक पटक गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सात तारिख पैचिङमा बोल्दै उक्त कुराको पुष्टि गर्नुभएको हो।

प्राप्त जानकारी अनुसार, सर्वसाधारणले रातभरी चर्को संघर्षमय थाड विरोधी भावना विपरीत सात तारिख सबेरै अमेरिका तथा दक्षिण कोरियाली सेनाले थाड प्रणालीमा बाँकी क्षेप्यास्त्र प्रक्षेपण गर्ने चार वटा गाडी र सम्बन्धित सामग्रीलाई दक्षिण कोरियास्थित अमेरिकी थाड अखडामा पुर्‍याएका छन्। पैचिङमा भएको पत्रकार सम्मेलनमा चीनका प्रवक्ता कङ श्वाङले सम्बन्धित प्रश्नको जवाफ दिँदै भन्नुभएको छः चीनले दक्षिण कोरियासँग गम्भीर सम्पर्क प्रस्तुत गरिसकेको छ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार यसपछि अमेरिका तथा दक्षिण कोरियाले थाडको अस्थायी बन्दोबस्तलाई पूरा गरिसकेका छन्।

जानकारी तथा लेखहरु