फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको स्वागतमा पैचिङस्थित चीनका लागि नेपाली दूतावासमा रात्री भोज

(GMT+08:00) 2017-09-07 19:58:00

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बिहिबार पैचिङस्थित चीनका लागि नेपाली दूतावासमा रात्री भोजमा सरिक हुनुभएको छ। सो अवसरमा उपप्रधानमन्त्री महराले चीनको एक नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउनुका साथै चीनको समग्र आर्थिक विकासको प्रशंसा गर्दै चीनको एक पाटो एक बाटो बीआरआईमा सम्मिलित भएबाट धेरै फाइदा पुग्ने र लाभ लिनसक्ने बताउनुभयो। उहाँले आफ्नो मन्तव्यमा चीन नेपाल असल मित्र र असल छिमेकी भएको बताउँदै यस पटकको भ्रमण क्रममा बीआरआई कार्यान्वयनमा नेपालले अघि बढाएको अवधारणालाई प्रस्तुत गर्ने पनि बताउनुभयो। साथै नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयन गर्न राजनीतिक विश्वासका लागि नै यो भ्रमण भएको पनि स्पष्ट पार्नुभयो।

उपप्रधान मन्त्री महरा ६ दिने राजनीतिक भ्रमण क्रममा बुधबार काठमाण्डुबाट चीनका लागि प्रस्थान गर्नुभएको थियो र बुधबार नै पैचिङ आइपुग्नुभएको हो।

उपप्रधान मन्त्री महराले आजै पैचिङमा आफ्ना समकक्षी विदेशमन्त्री वाङ यीसँग दुईपक्षीय विषयमा छलफल गरेका छन्।

साथै चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग शिष्टाचार भेट गर्नुभएको छ। शुक्रबार पैचिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रियामा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

साथै क्वानचौमा नेपाली महावाणिज्य दूतावासको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ। क्वानचौमा ६ महिनाअघि दोस्रो महावाणिज्य दूतावास स्थापना भएको थियो।

जानकारी तथा लेखहरु