फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका बाढीबाट प्रभावितका लागि चीनमा बस्ने नेपालीहरूको सहयोग

(GMT+08:00) 2017-09-08 14:37:51
करिब एक महिनाअघि आएको बाढीबाट प्रभावित परिवारहरुका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) चीनको यिवु क्षेत्रीय कमिटीले राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनको नेपालस्थित केन्द्रीय कार्यालयसँगको समन्वयमा यिवु कमिटीले सबैभन्दा बढी प्रभावित बासिन्दाका लागि भनेर केन्द्रीय कार्यालयलाई कम्बलराहत उपलब्ध गराएको कमिटीका सल्लाहकार ज्योति सिलवालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

'तराईका बाढीपीडितहरू नजिकिँदै गरेको जाडोबाट समस्यामा नपरून् भनेर कम्बल सहयोग गरेका हौँ,' विज्ञप्तीमा भनिएको छ ।

यिवु कमिटीका अध्यक्ष विष्णुप्रसाद डुमरु, उपाध्यक्ष राजकुमार खड्का, महासचिव आकाश गुरुङ, सहसचिव धनराज थापा एवं सल्लाहकार तथा सम्पूर्ण यिवुवासी नेपालीहरुको पहलमा राहत संकलन गरिएको थियो। संकलित करिब १६ लाख रुपैयाँबाट कम्बल खरिद गरिएको थियो। सिलवालका अनुसार, प्रतिपरिवार आवश्यकता अनुसार एक वा दुइटा कम्बल वितरण गरिनेछ।

'बाढी र डुबानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त छैन,' सिलवालले राहत सामग्री नेपालतिर पठाउने कार्यक्रममा भन्नुभयो, 'बाढी प्रभावितले न्यानो कपडाको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर हामीले यो काम सानो प्रयास गरेका हौँ ।'

जानकारी तथा लेखहरु