फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ र नेपालका उपप्रधानमन्त्री महराबीच भेटवार्ता

(GMT+08:00) 2017-09-08 09:38:17

चीनका प्रधानमन्त्री ली ख छ्याङले सात तारिख दिउँसो चीनको भ्रमणमा रहनुभएका नेपालका उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गर्नुभएको छ।

भेटमा चीनका प्रधानमन्त्री लीले पहाड र नदी जोडिने चीन र नेपाल असल छिमेकी भएको बताउँदै आपसी मित्रता लामो समयदेखि चल्दै आएको औंल्याउनुभयो। चीनले नेपालका विभिन्न पार्टीसँगको सम्बन्ध निरन्तर विकास गर्दै नेपालमा दीर्घकालीन स्थिरता तथा समृद्धि एवम् विकासको नयाँ चरणको थालनी गर्नको लागि चीनले नेपालसँगै मिलेर राजनैतिक कार्यसूचीलाई सुचारु रुपमा अघि बढाउँदै जाने इच्छा लिएको छ। नेपालसँगको उच्चस्तरिय आदानप्रदानलाई कायम राख्दै चीनले आपसी मित्रता तथा सहयोगलाई दुवै पक्षको स्वतन्त्र तथा साझा विकास, दुई देशका जनताको हित-कल्याण एवम् क्षेत्रीय स्थिरता र समृद्धिको लागि हितकर हुने काम गर्दै जाने अपेक्षा पनि लिएको छ।

प्रधानमन्त्री लीले अगाडी भन्नुभएको छः बेल्ट एण्ड रोड अवधारणा (बीआरआई)को मौका पारेर चीनले नेपालसँगको सम्पर्क तथा जोडलाई अघि बढाउने छ। व्यापार तथा लगानीलाई विस्तार गर्दै चीन-नेपाल स्वतन्त्र व्यापार सन्धिको संयुक्त संभाव्यताको अध्ययन लगायत अन्तर्देशिय आर्थिक सहयोग क्षेत्रको निर्माणलाई अघि बढाउने क्षेत्रमा चीन इच्छुक रहेको छ। साथै चीनले नेपालसँग उर्जा, पूर्वाधार लगायत क्षेत्रमा सहयोग गर्दै प्रकोपपछिको पुनर्निर्माणको प्रवर्द्धन, पर्यटन क्षेत्रमा हुने सहयोगलाई विस्तार गर्ने इच्छा लिएकोछ। चीनले नेपालको आर्थिक तथा सामाजिक विकासको लागि सकेसम्मको समर्थन प्रदान गर्दै जाने छ।

सो अवसरमा नेपालका उपप्रधानमन्त्री महराले नेपाल-चीन सम्बन्ध शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तको पालना एक नमूना हो भएको विचार व्यक्त गर्नुभयो। नेपालले एक चीन नीतिको पालना गर्दै चीनसँगको उच्चस्तरिय आदानप्रदानलाई कायम राख्ने इच्छा लिएको छ। वस्तुगत सहयोगलाई गहन पार्दै नेपालले चीनसँगै हातमा हात मिलाएर दुवै पक्षको विजयमूलक आपसी सहयोगात्मक सम्बन्धलाई अघि बढाउँदै जाने छ।

जानकारी तथा लेखहरु