फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल जोड्ने भारतीय व्यापारिक नाका तीन सातामा संचालनमा आउने

(GMT+08:00) 2017-09-08 14:43:37
जोगबनी नाका जोड्ने भारतको मिरगन्ज घाटस्थित 'एनएच ५७ ए' को प्रमाणा नदीको पुलको मर्मत सुरु भएको छ। आगामी दुई/तीन सातामा मर्मत भइसक्ने गरी काम थालिएको छ। पुल मर्मतलगत्तै जोगबनी नाकाबाट आयात–निर्यात नियमित हुने अधिकारीहरूले जनाएका छन्।

साउन अन्तिम साता आएको बाढीले भारतमा रेलको पटरी बगाउँदा र उक्त पुलमा क्षति पुग्दा विराटनगर भन्सारबाट हुने आयात–निर्यात भदौ ४ देखि ठप्प भएको छ। सरकारले सुनसरी–मोरङ औद्योगिक कोरिडोरको आयात–निर्यात भारत सरकारबाट भीमनगर हुँदै भन्टाबारीबाट रि–रुट गराउन छुट दिएको छ। पुल मर्मतका लागि भारतको राष्ट्रिय राजमार्गको दरभंगाबाट आएको १५ जनाको टोली सोमबार काम सुरु गरेको स्थानीय राधेश्याम साहले बताउनुभयो। पुल मर्मत कार्यमा संलग्न धर्मेन्द्र पासमानले पुलको पूर्वपट्टि धस्सिएकाले त्यसलाई उठाएर समान उचाइमा ल्याउनुपर्ने बताउँदै अब सबै उपकरण ठीक पारिसकेपछि प्राविधिक टोली आउँछ र पुल मर्मत हुन १५/२० दिनसम्म लाग्नसक्छ।

कान्तिपुर अनलाइनका अनुसार पुल मर्मत कार्यमा संलग्न कामदार अर्जुन पासमानले इस्ट इन्डिया कम्पनीले बनाएको फलामको खम्बा हालेको यस्ता पुलहरू पुराना भएर भासिन थालेको सुनाए। बाढीले जोगबनीदेखि दक्षिण ४ सय ५० किलोमिटर रेलको पटरी बाढीले बगाएको रेल्वे सेवाका अधिकारीहरूले बताएका छन्।

जानकारी तथा लेखहरु