फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषदका सदस्य याङ र उपप्रधानमन्त्री महराबीच भेटघाट

(GMT+08:00) 2017-09-08 14:51:10

चीनको राज्य परिषदका सदस्य याङ चे छले सात तारिख पैचिंगमा नेपालका उपप्रधान एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महरासँग भेटघाट गर्नुभएको छ।

याङले चीन र नेपाल पारस्परिक रुपमा सम्मान र विश्वास गरेको मैत्रीपूर्ण छिमेकी हुन् भन्दै दुई पक्षले "एक पेटी एक मार्ग"को संयुक्त रुपमा निर्माण गर्नुलाई सुअवसरको रुपमा अपनाएर विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउनुपर्ने, चीन र नेपालको सम्बन्धलाई नयाँ प्रगति हासिल गर्नेतर्फ अगाडि बढाउनुपर्ने कुरा बताउनुभयो।

प्रत्युत्तरमा महराले नेपाल र चीनको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा स्थापना गरिएको बताउँदै नेपाल सरकारले एक चीनको नीतिलाई दृढताका साथ पालना गरेको, र "एक पेटी एक मार्ग"को प्रारुपमा चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई बढाउने अपेक्षा लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु