फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र जर्मनी चान्सलर मर्केलबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-09-08 11:12:42
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर सात तारिख जर्मनीका चान्सलर एन्जेला मर्केलसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सीले चीन र जर्मनीले विश्वको शान्ति तथा स्थिरताको संरक्षण तथा साझा विकासलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै जर्मनीसँग बहुपक्षीय प्रारुपभित्र निरन्तर रुपमा सहयोग गर्ने आशा चीनले लिएको कुरा बताउनुभयो।

जवाफमा मर्केलले चालू वर्षको जुलाई महिनामा राष्ट्राध्यक्ष सीको जर्मनीको राजकीय भ्रमण निकै सफल भएको सम्झँदै जर्मनी र चीनको सम्बन्धको विकासका लागि अर्थपूर्ण रहेको कुरा बताउनुभयो। जर्मनीले चीनसँग महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरुबारे सम्पर्क र समन्वयलाई कायम राख्ने आशा लिएको कुरा पनि मर्केलले व्यक्त गर्नुभयो।

दुई मुलुकका नेताहरुले कोरियाली प्रायद्विपको परिस्थितिबारे पनि वैचारिक आदान-प्रदान गर्नुभयो। सीले वास्तविकताबाट कोरियाली प्रायद्विपको समस्या वार्तालगायतका शान्तिपूर्ण तरिकामार्फत मात्र समाधान गर्नसकिने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु