फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं राष्ट्रिय महाधिवेशनमा पत्रकारलाई रिपोर्टिङका लागि स्वागत

(GMT+08:00) 2017-09-08 09:25:02

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको उन्नाइसौं राष्ट्रिय प्रतिनिधि महाधिवेशन आयोजना हुन लागिरहेको छ। चीनले स्वदेशी तथा विदेशी पत्रकारहरूलाई रिपोर्टिङको लागि स्वागत गरेको छ।

विदेशी पत्रकारहरु तथा हङ्गकङ्ग, मकाउ र थाइवानका पत्रकारहरुले रिपोर्टिङका लागि आवेदन गर्ने वेभसाइट ठेगाना यस प्रकार छः Http://cpc19reg.zgjx.cn. रिपोर्टिङको लागि आवेदन सन् २०१७ को सेप्टेम्बर ८-२५ सम्मको अवधिमा गर्न सकिनेछ।

उन्नाइसौं महाधिवेशनको अविधमा पैचिङमा प्रेस केन्द्र पनि राखिने छ। रिपोर्टिङ गर्न आउने सबै चिनियाँ तथा विदेशी पत्रकारहरुको लागि सम्पर्क, महाधिवेशन सम्बन्धि पत्रकार सम्मेलनको बन्दोबस्त, पत्रकारहरुको रिपोर्टिङ्ग कार्यक्रम मिलाउने जिम्मा सो प्रेस केन्द्रसँग छ। साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको उन्नाइसौं राष्ट्रिय प्रतिनिधि महाधिवेशनको आधिकारिक वेभसाइट तथा विच्याट खाता पनि खोलिने छ। यसरी पत्रकारहरुको आवश्यक सूचना सेवा तथा प्राविधिक प्रत्याभूति दिइनेछ।

जानकारी तथा लेखहरु