फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री र पाकिस्तानका विदेश मन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-09-08 16:21:34

चीनका परराष्ट्र मन्त्री वाङ यीले सेप्टेम्बर आठ तारिख पैचिंगमा पाकिस्तानका विदेश मन्त्री खावाजा मुहम्मेद असिफसँग भेटवार्ता गर्नुभएपछि पत्रकारसँग भेटघाट गर्नुभएको छ।

परराष्ट्र मन्त्री वाङले अन्तर्राष्ट्रिय परिस्थितमा परिवर्तन भएको र दुई मुलुकको भित्री परिस्थितिमा पनि परिवर्तन भएपनि चीन र पाकिस्तानको सम्बन्ध सुदृढ रहेको कुरा बताउनुभयो।

जवाफमा असिफले पाकिस्तान र चीनको सम्बन्ध मुलुक र मुलुकबीचको सम्बन्धको नमूना बनिसकेको कुरा बताउनुभयो।

परराष्ट्रमन्त्री वाङ यीले धेरै वर्षहरूयता पाकिस्तान सरकार र पाकिस्तानी जनताले आतंकवादको प्रतिरोध कार्यका लागि ठूलो प्रयास गरेकोले अन्तर्राष्ट्रिय समाजले यसको मान्यता दिनुपर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु