फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र फ्रान्सेली राष्ट्रपतिबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-09-08 18:35:24

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोनसँग चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आठ तारिख टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोनमा राष्ट्राध्यक्ष सीले आपसी समानता तथा मुख्य हितको आधारमा दुई पक्ष बीच अझ घनिष्ट सहयोग गर्दै पारस्परिक सम्बन्धको दीर्घकालीन, स्थिर तथा स्वस्थ विकास गर्नुपर्ने औंल्याउनुभएको छ। विश्व तथा क्षेत्रीय मुख्य मामिलामा दुई देश बीच घनिष्ट सम्पर्कलाई कायम राख्न राष्ट्राध्यक्ष सीले सहमति जनाउनुभएको छ। त्यस्तै फ्रान्सेली राष्ट्रपति एमानुएलले ब्रिक्स मुलुक नेतागणको स्यामन वार्ताको सफल आयोजना भएकोमा बधाइ दिनुभएको छ। वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा दुई देश बीचको सहयोगबाट विश्वव्यापी चुनौतीको सामना गर्नुपर्ने पनि राष्ट्रपति एमानुएलले बताउनुभयो।

यसका साथै उहाँहरुले कोरियाली प्रायद्बीपको परिस्थितिबारे बैचारिक आदानप्रदान गर्नुभएको छ। राष्ट्रध्यक्ष सीले कोरियाली प्रायद्बीपको समस्या वार्ता तथा छलफल लगायत शान्तिपूर्ण तबरले समाधान गर्नुपर्ने बताउनुभयो। फ्रान्सले तनावपूर्ण परिस्थितिलाई लचिलो पार्न तथा वार्ताको पुनर्स्थापनाको लागि रचनात्मक भूमिका निर्वाह गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो। फ्रान्सेली राष्ट्रपति एमानुएलले कोरियाली प्रायद्बीपको शान्ति र स्थिरताको संरक्षणमा फ्रान्सले प्रयासरत रहेको सोही समस्याको समधानमा चीनले लिने अडान तथा निर्वाह गर्ने भूमिकामा फ्रान्सले महत्व दिइरहेको बताउनुभयो। चीनसँगको सहकार्यमा कोरियाली प्रायद्बीप समस्याको उचित समाधान गर्ने आशा पनि फ्रान्सले व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु