फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा तेस्रो चरणको स्थानीय निर्वाचनमा करीब 36 हजार उम्मेदवार, 6 हजार 6सय स्थानका लागि प्रतिस्पर्धा

(GMT+08:00) 2017-09-09 14:03:45

नेपालको निर्वाचन आयोगले जनाएअनुसार, आयोजना हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जम्मा 36 हजार 73 जना उम्मेदवारले 6 हजार 6 सय 72 फरक फरक पदका लागि प्रतिष्पर्धामा सहभागिता जनाउने भएका छन्।

वर्तमान योजनाअनुसार, नेपालको तेस्रो चरणको स्थानीय निर्वाचन सेप्टेम्बर 18 तारिख दुई नम्बर प्रदेशमा आयोजना हुँदैछ। हाल 36 हजार 73 जना उम्मेदवारले फरक फरक राजनीतिक पार्टी वा स्वतन्त्र उम्मेदवारको हैसियतमा उम्मेदवारी दर्ता गरेका छन्। तीमध्ये 10 हजार 7 सय 83 जनाले विभिन्न गाउँको प्रशासनिक जिम्मेवार पदको लागि प्रतिस्पर्धा गर्ने छन्।

सम्बन्धित विश्लेषककाअनुसार, तेस्रो चरणको स्थानीय निर्चावन स्थिर र सुचारु रुपमा आयोजना हुनसक्ने हो भने नेपालको राजनीतिक परिस्थिति र समाजको स्थिरताका लागि महत्वपूर्ण प्रभाव पर्ने छ।

जानकारी तथा लेखहरु