फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन सिमानाको कोरला नाका दसैं लक्षितगरी खुलेपछि किनमेल गर्नेको घुइँचो

(GMT+08:00) 2017-09-09 14:06:13

नेपाल-चीन सिमानाको कोरला नाका दसैं लक्षितगरी खुल्ला गरेपछि किनमेल गर्नेको घुइँचो लागेको छ । यही भदौ १५ गतेदेखि खुलेको नाकामा नेपाली व्यापारीहरु चिनियाँ सामान किन्न कोरला आएका छन्। किनमेलका लागि चीन तर्फको भूभागको ठूलोचौरमा व्यापारी मेला लागेको छ। चिनियाँ ब्यापारीले यही चौरमा सामान ल्याएर राखेका छन् । नाका खुलाएपछि सिमानामा चहलपहल बढेको छ । अरुबेला सुनसान हुने सिमाना क्षेत्र दुवै देशका ब्यापारी र सर्वसाधारणका कारण सिमानामा रौनक बढेको हो। १० दिनका लागि मात्र नाका खुल्ला गरिएको र किनमेल गर्नेहरुको आउजाउ बढेको भन्सारका कर्मचारीले बताएका छन्।

यसपालि चाँडै नै दसैं परेकोले उपल्लो मुस्ताङका बासिन्दाले सामान किन्न पाएका छन् । गत वर्षहरुमा दसैं अलि ढिलो पर्ने भएकोले चिसो मौसम सुरु हुने र लगत्तै जिल्ला बाहिर जाने हुँदा किनमेल कम हुन्थ्यो। स्थानीयका अनुसार, यस पटकको दसैं अधिकांशले आआफ्नै घरमा मनाउने छन्। नेपालीहरुले खाद्यान्न, लत्ताकपडा, फर्निचरजन्य सामाग्री, कम्मल, भोटे चिया, फलामे चुलो र चाइनीज चाउचाउ अत्यधिक किनेका छन्। गत वर्षको जस्तै औसत रुपमा नेपाली ब्यापारी कोरलामा किनमेलका लागि आएका भन्सार प्रमुख शुक्रदर्शन ढुंगानाले जानकारी दिनुभयो।

नाका खुलेको थाहा पाएपछि मुस्ताङ घुम्न आउने पर्यटक कोरला आएका छन्। मोटरसाइकलमा कोरला घुम्न आउनेहरु बढेको स्थानीयको भनाइ छ। चीन तर्फका अधिकारीले दलाई लामाको भेषमा (रातो पोशाक) लगाएका ब्यक्ति नेपाल तर्फबाट छिरेकोले सिमानामा सुरक्षा व्यवस्था कडाई गर्न नेपालतर्फका सुरक्षा अधिकारीलाई धेरै पटक माग गरेका ईकान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु