फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको सम्बन्ध विश्वमै उदाहरणीय भएको उपप्रम महराको भनाइ

(GMT+08:00) 2017-09-09 14:07:31

चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भिन्न आकार र सामाजिक प्रणाली भएका नेपाल र चीनबीचको सम्बन्ध विश्वमै उदाहरणीय भएको बताउनुभएको छ। बेइजिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशभित्र र बाहिर थुप्रै परिवर्तन भए पनि नेपाल–चीन सम्बन्ध भने झन्झन् मजबुत बन्दै गएको बताउनुभयो।

'नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धतामा अडिग छ । हाम्रो छिमेकविरुद्ध हामी नेपालभित्र कुनै पनि गतिविधि हुन दिँदैनौं। नेपालमा जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरेपनि चीनसँगको हाम्रो सम्बन्ध न्यानो र घनिष्ट रहनेछ । यो नै नेपाल–चीन सम्बन्धको विशेषता हो,' मन्त्री महराले भन्नुभयो।

मजबुत आर्थिक सहयोग तथा साझेदारीले नेपाल र चीनबीचको राजनीतिक सम्बन्धलाई बलियो बनाएको उहाँले बताउनुभयो। 'हामीले चीनलाई नेपालको सामाजिक–आर्थिक प्रगति र रूपान्तरणको भरपर्दो तथा विश्वसनीय साझेदारका रूपमा लिएका छौं,' उहाँले भन्नुभयो।

नेपालले आफ्नो विदेश नीतिमा नै नजिकको छिमेकीलाई सबैभन्दा उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले चीनले पनि नजिकको छिमेकीलाई उच्च प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्नुभयो। मन्त्री महराले चीनको 'बेल्ट एन्ड रोड इनिसिएटिभ्स' (बिआरआई) ले विकासका लागि साझेदारीका अवसर प्रदान गरेको बताउनुभयो। बिआरआईअन्तर्गत पूर्वाधार विकास, सम्पर्क सञ्चालको विस्तार, व्यापार, लगानी, पयर्टन र जनता–जनताबीचको सम्बन्धमा नेपालको विशेष स्वार्थ रहने उहाँले स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु