फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स गोष्ठी ब्रसेल्समा स्यामन शिखर सम्मेलनको प्रशंसा

(GMT+08:00) 2017-09-09 14:10:52

बेल्जियमका लागि चिनियाँ राजदूतावासद्वारा प्रस्तावित ब्रिक्स गोष्ठी सेप्टेम्बर आठ तारिख ब्रसेल्समा आयोजना गरिएको छ। ब्रिक्स पाँच मुलुकका विशेषज्ञ तथा विद्वान, बेल्जियमका अधिकारी, यूरोपेली संघका थिङ्क ट्याङ्कका विशेषज्ञले विश्वमा ब्रिक्स मुलुकको भूमिकाबारे छलफल गरेका छन्। उक्त गोष्ठीमा सहभागी भएकाहरुले ब्रिक्स मुलुकको स्यामन शिखर सम्मेलनको महत्वपूर्ण अर्थ रहेको र आगामी दश वर्षमा ब्रिक्स मुलुकले विश्वको आर्थिक विकासलाई बढाउने बताउँदै विश्वको स्थिरताको रक्षाका लागि योगदान गर्ने विश्वास व्यक्त गरे।

बेल्जियमका लागि चिनियाँ राजदूत छ्यू सिङले स्यामन शिखर सम्मेलनका दौरान ब्रिक्स मुलुकका नेताहरुले आगामी दश वर्षमा ब्रिक्स मुलुकले निरन्तर रुपमा सहयोग गर्ने कुरा व्यक्त गरेको र आगामी दश वर्षमा ब्रिक्स मुलुकको सहयोग अझै उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो।

बेल्जियमका लागि पदभार ग्रहण गर्न बाँकी रहेकी भारतीय राजदूत गायत्री इसार कुमारले ब्रिक्स मुलुकका नेताहरूले पारित गरेको "स्यामन घोषणा-पत्र"ले ब्रिक्स पाँच मुलुकको साझा प्रतिबद्धता देखाएको र ब्रिक्स मुलुकको भविष्य तथा पाँच मुलुकको सहयोगप्रति विश्वास देखाएको बताउनुभयो।

जानकारी तथा लेखहरु