फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन, पाकिस्तान र अफ्गानिस्तानका विदेशमन्त्रीस्तरीय वार्ता यसै वर्ष

(GMT+08:00) 2017-09-09 14:13:02

चीनका परराष्ट्र मन्त्री वाङ्ग यी र चीनको भ्रमणमा रहनुभएको पाकिस्तानी विदेशमन्त्री खावाज असिले 8 तारिख पैचिङ्गमा भेटवार्तापछि पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।

पाकिस्तान-अफ्गानिस्तान सम्बन्धबारे सोधिएको प्रश्नको उत्तर दिंदै चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तान र अफ्गानिस्तान दुवै सो क्षेत्रका महत्वपूर्ण देश भएकाले राम्रो सम्बन्ध भएमा दुवैका लागि हितकर हुनुका साथै बिग्रिँदै गएमा दुवैका लागि हानिकारक बताउनुभयो। दुइ पक्षले संयुक्त रुपमा क्षेत्रीय परिस्थितिको स्थिरताको रक्षा गर्ने आशा उहाँले व्यक्त गर्नुभएको छ। त्यसैगरी विदेशमन्त्री असिफले अफ्गानिस्तानसँगको सम्बन्ध सुधार्ने भनी दिएको धारणाको पनि चीनले प्रशंसा गरेको छ।

दुइ देशको साझा छिमेकी र साथीको हैसियतमा चीनले पाकिस्तान र अफ्गानिस्तानसँग द्बीपक्षीय सम्बन्धको विकासमाथि महत्व दिनुका साथै त्रिपक्षीय सहयोग गर्न खोजेको छ। यसै वर्ष चीन, पाकिस्तान र अफ्गानिस्तानका विदेशमन्त्रीस्तरीय वार्ताको आयोजना हुने मन्त्री वाङ्गले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु