फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्य परिषद सदस्य याङ र पाकिस्तानी परराष्ट्रमन्त्रीबीच भेटघाट

(GMT+08:00) 2017-09-09 15:02:20

चीनको राज्य परिषदका सदस्य याङ चे छले आठ तारिख पैचिङमा यहाँको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेश मन्त्री खवाज असिफसँग भेटवार्ता गर्नुभएको छ।

भेटमा याङले चीन-पाकिस्तान सम्बन्ध घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध भएको गर्दै आएको बताउनुभयो। आपसी सर्वकालिक रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको चौतर्फी विकास नै चीनको निर्धारित नीति हो र दुवै पक्षले चीन-पाकिस्तान आर्थिक करिडोर निर्माणलाई स्थिर रुपमा अघि बढाइ क्षेत्रीय सुरक्षा सम्बन्धि मुख्य विषयबारे पारस्परिक सम्पर्कको प्रवर्द्धन गर्दै क्षेत्रीय शान्ति तथा विकासको लागि सकारात्मक योगदान गर्नुपर्ने कुरा पनि याङले उल्लेख गर्नुभएको छ।

सो अवसरमा पाकिस्तानी विदेश मन्त्री खवाज असिफले चीनसँगको मित्रताको विकास नै पाकिस्तानको कूटनैतिक नीतिको आधार हो र विभिन्न पार्टीहरुको मतैक्यता पनि हो भन्नुभयो। पाकिस्तानले चीनसँगै मिलेर पाकिस्तान-चीन आर्थिक करेडोको निर्माणको मौका पारेर आपसी सम्बन्धलाई निरन्तर रुपमा विकसित गर्दै जाने इच्छा पनि व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु