फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेक्सिकोमा भूकम्पबाट 58 जनाको मृत्यु

(GMT+08:00) 2017-09-09 15:05:50

गत 7 तारिख राति मेक्सिकोमा 8.2 रेक्टर स्केलको भूकम्प गएको छ। मेक्सिकोको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय प्रतिरक्षा विभागबाट प्राप्त जानकारीअनुसार, भूकम्पबाट हालसम्ममा कूल 58 जनाको मृत्यु भएको छ।

दक्षिण मेक्सिकोको ओक्जाका राज्य सबैभन्दा भयंकर प्रकोपग्रस्त क्षेत्र हो। उक्त राज्यमा 45 भन्दा बढीको मृत्यु भएको छ। त्यसबाहेक छियपस र टाबास्को राज्यमा बेग्ला-बेग्लै रुपमा 10 र 3 जनाको मृत्यु भएको छ।

हालसम्म यी तीन राज्यका मुख्य मार्गको अवस्था त्यति ध्वस्त नभएकाले प्रकोपपछिको मर्मत र पुनःनिर्माण कार्य छिटै सुरु हुनेछ।

मेक्सिकोका राष्ट्रपति एनरिख पेना नियतोले प्रकोपग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएको छ।

जानकारी तथा लेखहरु