फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-जापान कूटनीतिक सम्बन्ध सामान्यीकरणको ४५ औं वार्षिकोत्व पैचिङमा

(GMT+08:00) 2017-09-09 15:46:09

सेप्टेम्बर आठ तारिख बेलुकी चीन-जापान कूटनीतिक सम्बन्ध सामान्यीकरणको ४५ औं वार्षिकोत्सव पैचिङमा आयोजना गरिएको छ। चीनको राज्य परिषदका पूर्व सदस्य एवम् चीन-जापान मैत्री संघका अध्यक्ष थाङ च्यास्युआन, जापानको तल्लो सदनका पूर्व सभापति एवम् जापान अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन संघका अध्यक्ष कौनो योहै लगायतका अतिथिहरुले सो कार्यक्रममा भाग लिनुभएको छ। चीन जनवैदेशिक मैत्री संघ, चीन जापान मैत्री संघको संयोजनमा आयोजित समारोहमा दुई देशका विभिन्न क्षेत्रका लगभग ३०० जना व्यक्तित्व सहभागी भएका थिए।

चीन-जापान सम्बन्धको भविष्यबारे चर्चा गर्दै थाङ च्यास्युआनले भन्नुभएको छः दुवै मुलुकले व्यवहारिक रुपमा एक अर्काको निर्णायक हित तथा मुख्य ख्यालको सम्मान गर्दै अर्थपूरकको आधारमा नवीकरण सहयोगलाई गहन पार्नुपर्छ। मानवीय, स्थानीय लगायत विभिन्न क्षेत्रमा हुने आदानप्रदानलाई अघि बढाउनुका साथै दुई देशका जनताबीचको समझदारीलाई पनि मजवुत पार्नुपर्छ। बेल्ट एण्ड रोड अवधारणा प्रारुपमा हितयुक्त सहयोगलाई अघि बढाउँदै आर्थिक विश्वव्यापीकरण तथा स्वतन्त्र व्यापारप्रतिको विश्वासलाई बलियो बनाउँदै एशिया लगायत मानवजातिको साझा समुदायको निर्माण गर्न आ-आफ्नो तर्फबाट प्रयास गर्नुपर्छ।

कौनो योहैले बितेका ४५ वर्षयता आपसी मानवीय तथा उच्चस्तरिय आदानप्रदान बारम्बार रुपमा बढ्दै आएको औंल्याउनुभएको छ। आउने वर्ष जापान-चीन शान्तिपूर्ण मैत्री सन्धि हस्ताक्षरको ४० सौं वार्षिकोत्सव हुने छ र यस्तो विशेष घडीमा दुई देशले अझ कोशिश गरेर आपसी सम्बन्धलाई सुधार गर्दै जाने आशा पनि कौनो योहैले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु