फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानका उपराष्ट्रपतिद्वारा इरानको आणविक सम्झौतालाई निरन्तर पालना गर्न आग्रह

(GMT+08:00) 2017-09-10 14:44:03

इरानका उपराष्ट्रपति एवम् इरानको आणविक ऊर्जा संगठनका अध्यक्ष अलि अकबर सालेहीले सेप्टेम्बर नौ तारिख अमेरिका सम्झौताबाट बाहिरिएपनि अरु सम्बन्धित पक्षले पालना गर्ने हो भने इरानले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सम्झौता पत्रलाई सधैं नै पालना गर्ने कुरा बताउनुभएको छ।

इरानको समाचार टेलिभिजनले नौ तारिख सालेहीको भनाई उद्धृत गरेअनुसार, अमेरिकाले इरानको आणविक समस्यासम्बन्धी सम्झौताबाट बाहिरिने तर बेलायत, फ्रान्स, ज‍र्मनी, चीन, रुसले निरन्तर रुपमा उक्त सम्झौता पालना गर्ने हो भने इरानले उक्त सम्झौतालाई निरन्तर पालना गर्ने सम्भावना रहेको जानकारी दिनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दवाव थप्नुका साथै इरानमाथिको बित्तीय नाकाबन्दी नहटाएको मात्र नभई विभिन्न थप नाकाबन्दीको घोषणा गर्नुभएको थियो। ट्रम्पले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सम्झौताबाट बाहिरिने योजना गर्नुभयो तर उहाँलाई अहिलेसम्म अमेरिकी परराष्ट्र र रक्षा मन्त्रीका साथै अरु राष्ट्रिय सुरक्षा सहायकहरूले रोकिरहेका छन्।

जानकारी तथा लेखहरु