फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अस्ताना विश्व एक्स्पोमा चिनियाँ मण्डपलाई "विश्व एक्स्पो पुरस्कार"

(GMT+08:00) 2017-09-10 14:45:47

अस्ताना विश्व एक्स्पोले सेप्टेम्बर नौ तारिख पुरस्कार वितरण समारोहको आयोजना गरेको छ। चिनियाँ मण्डपले "विश्व एक्स्पो पुरस्कार"को रजत पुरस्कार जितेको छ। सन् 2012 मा दक्षिण कोरियाको यिओसु विश्व एक्स्पो र सन् 2015 मा इटालीको मिलान विश्व एक्स्पोपछि चिनियाँ मण्डपले फेरि अर्को महत्वपूर्ण पुरस्कार जितेको हो।

प्रतिस्पर्धामा चिनियाँ मण्डपले 115 वटा देशका मण्डप र 22 वटा अन्तर्राष्ट्रिय संगठन मण्डपलाई हराएको थियो। जर्मनी मण्डपले स्वर्ण पुरस्कार जितेको छ।

अस्ताना विश्व एक्स्पो चालू वर्षको जुन दश तारिखमा शुरु भएयता चिनियाँ मण्डपले "भावी ऊर्जा स्रोत, हरित रेशमी मार्ग"लाई मुख्य विषयवस्तुलाई बनाएर प्रदर्शनी, चलचित्र, आदान-प्रदानआदि कार्यक्रमहरूमार्फत चीनको ऊर्जा स्रोतको विकास उपलब्धि र भावी ऊर्जा स्रोतको दिशाबारे अभिव्यक्त गरेको छ।

जानकारी तथा लेखहरु