फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानमा राष्ट्रिय हिरोको सोह्रौं स्मृति दिवस

(GMT+08:00) 2017-09-10 14:47:40

अफगानिस्तानी विभिन्न पक्षले सेप्टेम्बर नौ तारिख फरक तारिकामार्फत राष्ट्रिय हिरो अहमद शाह मासौलाई घोचेर मारिएको घटनाको सोह्रौं स्मृतिमा श्रद्धान्जली व्यक्त गरेका छन्। अफगानिस्तानी राष्ट्रपति अशरफ घानीले सोही दिन राजधानी काबुलमा एकतावद्ध भएर राष्ट्रिय शान्ति तथा स्थिरताको संरक्षण गर्न आव्हान गर्नुभएको छ।

अफगानिस्तानी प्रथम कार्यकारी अधिकृत अब्दुलाह अब्दुलाह लगायत सरकारी अधिकारीहरू र विभिन्न पक्षका व्यक्तिहरूले काबुल शहरको केन्द्रस्थित मासौ चोक गएर प्रतिमामा पुष्पगुच्छा अर्पण गरेका छन्। अब्दुलाहले सोही दिनको कार्यक्रममा अफगानिस्तानभित्रका सबै विद्रोहीहरूसँग सैन्य लडाकू रोक्न, अफगानिस्तानी शान्तिपूर्ण प्रक्रियामा संलग्न हुन आव्हान गर्नुभयो।

जानकारी तथा लेखहरु