फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं राजदूत कप चिनियाँ भाषा प्रतियोगिताको फाइनल सम्पन्न

(GMT+08:00) 2017-09-10 14:51:10
सातौं राजदूत कप चिनियाँ भाषा प्रतियोगिताको फाइनल नौ तारिख नेपालको राजधानी काठमाडौ‌मा सम्पन्न भएको छ। यो नै यसै प्रतियोगिताको अन्त्य भएको प्रतीक पनि हो।

नेपालको लागि चिनियाँ राजदूतावासको संस्कृति विभागका प्रमुख चाङ पिङ, नेपाल चीन सांस्कृतिक केन्द्रका प्रमुख यीन खुनसोङ, पैचिङ्ग विदेशी भाषा विश्वविद्यालय नेपाली भाषा अध्ययन केन्द्रका प्रमुख सिङ युन, चिनियाँ भाषा शिक्षक-शिक्षिका, प्रतियोगितामा सहभागी विद्यार्थीहरु लगायत लगभग एक सय जनाले सो कार्यक्रममा भाग लिएका छन्। सि.आर.आई कम्फ्यूसियस क्लासरुम लगायतका माध्यामिक तथा प्राथमिक स्कूलबाट पठाइएका एक सय बीस जना विद्यार्थीले यस प्रतियोगितामा भाग लिएका छन्।

फाइनलमा सहभागी विद्यार्थीहरुले चिनियाँमा भाषण दिँदै चीनको ग्रेटवाल, मिठा खानाहरु एवम् परम्परागत चाडपर्व, कवितामार्फत चीनबारे आफ्नो बुझाइ तथा माया देखाएका छन्। प्रतियोगितामा सौरभ अधिकारीले प्राथमिक स्कूलको समूहको प्रथम स्थान जितेका छन्।

जानकारी तथा लेखहरु