फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावास कार्यालय उद्घाटन

(GMT+08:00) 2017-09-10 14:52:00

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभएको छ। परराष्ट्रमन्त्री महराले क्वाङचौमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिनुभयो।

यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो।

यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यस कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताउनुभयो। उहाँले आउँदा दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गर्नुभयो।

क्वाङचौमा झण्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन्। उनीहरुका अनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुने छन्।

उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतको उपस्थिति रहेको प्रेस जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु