फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष मनास्लु हिमाल आरोहण गर्नेको संख्यामा वृद्धि

(GMT+08:00) 2017-09-10 14:54:23

मनास्लु हिमाल आरोहण गर्नेको संख्या यस वर्ष बढेको छ। विगतका वर्षभन्दा यसवर्ष धेरै आरोही आएकाले भीड भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जानकारी दिएको छ। आठ हजार मिटरमाथिका विश्वका १० सर्वोच्च शिखरमध्ये मनास्लु पनि एक हो। यो आठ हजार एकसय ६३ मिटर अग्लो छ। सामागाउँका वडा अध्यक्ष एवं होटल व्यवसायी वीरबहादुर लामाका अनुसार सामागाउँका होटलमा आरोही खचाखच छन्। सामागाउँका होटल सबै भरिभराउ छन् अनि बेसक्याम्पमा पनि त्यतिकै भीड छ।

अधिकांश आरोही हेलिकोप्टर चार्टर गरेर आउने गरेका छन्। होटलको क्षमताभन्दा आरोहीको संख्या धेरै भएको अनुमान छ। एमक्यापका अनुसार कतिपय आरोही मनाङबाट लार्के पास गरेर आउने गरेका छन्। सामागाउँसम्म गोरखाबाट पर्यटन पदमार्ग छ तर आरोही गोरखाको पदमार्ग प्रयोग गर्दैनन्।

मनाङबाट मनास्लु जाँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र एमक्यापलाई दोहोरो राजस्व तिर्नुपरे पनि पर्यटकको रोजाइमा मनाङकै बाटो पर्छ। हिमाल आरोहण शुल्क प्रतिव्यक्ति दुई हजार रुपैयाँ तिर्नुपर्ने एक्यापले जनाएको छ। आरोहीको संख्या बढे पनि अहिलेसम्म कतिजना आरोही आए भन्ने बारे एमक्यापले तथ्यांक उलब्ध गराउन सकेन।

अन्नपूर्ण पोस्टका अनुसार यसपटक गोरखाका दुई महिलाले मनास्लु आरोहण गर्ने भएका छन्। फुञ्जो लामा र पुर्णिमा श्रेष्ठ आरोहणका लागि मनास्लु बेसक्याप पुगिसकेका हुन्।

जानकारी तथा लेखहरु