फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तरमहाद्विपीय होटल्स ग्रुपको एकेडेमी अब नेपालमा

(GMT+08:00) 2017-09-10 14:55:13

विश्वकै अग्रणी होटल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट)लाई चयन गरेको छ।

नेपालमा होटल सोल्टी क्राउन प्लाजा, इन्टरकन्टिनेन्टल होटल्स् ग्रुपको आधिकारिक ध्वजाबाहक होटल रहँदै आएको अनलाइन खबरले लेखेको छ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच इन्टरकन्टिनेन्टल होटल्स ग्रुप र गेट कलेजबीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको हो। आईएचजी दक्षिण पूर्वी एसियाका प्रमुख सान्ता डी सिल्भाको विशेष उपस्थितिमा सम्पन्न समझदारी पत्रमा इन्टरकन्टिनेन्टल होटल्स ग्रुपका तर्फबाट होटल सोल्टीका महाप्रबन्धक उपाल मजुमदार र गेट कलेजका संस्थापक-प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले हस्ताक्षर गर्नुभयो।

समझदारीपत्र अनुसार अब गेट कलेज नेपालका लागि आधिकारिक आईएचजी एकेडेमीका रूपमा रहने छ । विश्वकै अग्रणी होटल कम्पनीहरूमध्येको इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)का विश्वभर करिब एक सय देशमा रहेका ५ हजार २२१ होटलमा रहेका करिब ७ लाख ७७ हजार ६७५ कोठाहरूबाट अतिथिहरूलाई स्नेहपूर्वक सेवाप्रदान गरिँदै आएको छ । संयुक्त अधिराज्य बेलायतको डेनह्याममा आईएचजीको मुख्यालय रहेको छ भने यसअन्तर्गत ३ लाख ५० हजार कर्मचारीहरू कार्यरत छन्।

जानकारी तथा लेखहरु