फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

८२औं सालोनीकी अन्तर्राष्ट्रिय व्यापार मेलालाई चीनका प्रधानमन्त्रीको बधाइ सन्देश

(GMT+08:00) 2017-09-10 15:02:31
चीनका प्रधानमन्त्री ली खछ्याङले सेप्टेम्बर नौ तारिख ८२ औं सालोनीकी अन्तर्राष्ट्रिय व्यापार मेलालाई बधाइ सन्देश पठाउनुभएको छ। ग्रीसका प्रधानमन्त्रीले सो मेलाको उद्धाटन समारोह तथा चीन मण्डपको निरीक्षण गर्नुभएको छ।

सन् 1998 मा चीन यस मेलाको इतिहासमा पहिलो मुख्य अतिथि मुलुकको रुपमा यसै मेलामा भाग लिएदेखि यताका उन्नाइस वर्षमा चीन तथा ग्रीसले हातमा हात मिलाएर सहयोग गर्दै विभिन्न क्षेत्रमा भएका आदानप्रदान एवम् सहयोगमा ठूलो उपलब्धि हासिल गरिएको जानकारी चीनका प्रधानमन्त्री लीले दिनुभएको छ। चीनले ८२‌औं व्यापार मेलाको मुख्य अतिथि मुलुक बनेकोबाट दुई देशबीचको सम्बन्ध अझ उच्च स्तरमा पुगेको र आपसी सहयोगको उज्ज्वल भविष्य भएको पनि प्रधानमन्त्री लीले औंल्याउनुभएको छ।

उद्धाटन समारोहमा ग्रट्ठिका प्रधानमन्त्रीले सम्बोधन गर्दै राजनैतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा चीन र ग्रीसबीचको सम्बन्धको द्रुत विकास भैसकेको र भविष्यमा अझ उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभएको छ।

सालोनीकी अन्तर्राष्ट्रिय व्यापार मेला नै बाल्कन तथा दक्षिण-पूर्वी यूरोपेली क्षेत्रमा सबभन्दा प्रभावकारी मेलाहरुमध्येको एक मानिन्छ।

जानकारी तथा लेखहरु