फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भित्रियो, सुरूङ खन्ने चिनियाँ टनेल बोरिङ मेशिन

(GMT+08:00) 2017-09-11 15:37:18

चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ। नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको नेपालखबरले लेखेको छ।

तीव्र गति र लामो गहिराईसम्मका टनेल खन्ने क्षमता भएको यस मेशिनको व्यास ५.०६ मिटर छ भने नेपाल सरकारले ७० मिलियन चिनियाँ युआनमा चीनकै शाङ्हाईबाट निर्माण गराएको हो।

भेरी बबई डाइभर्सन परियोजनामा १२ किलोमिटर लामो सुरुङ खन्न यो मेशिन ल्याइएको बताइएको छ। टनेल बोरिङ मेशिन परियोजनास्थल पुगिसकेको छ। परियोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार २५० मिटर लामो यो मेशिन जडान गर्न करिब दुई महिना लाग्नेछ। नेपालमा कुनै परियोजनामा पहिलो पटक यसरी टिबिएम मेशिन प्रयोग गर्न लागिएको हो।

भेरी बबई सिचाई तथा जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना हो, जसलाई रणनीतिक महत्व दिएर सरकारले निर्माण कार्य अगाडि बढाइरहेको छ। १५ मिटर अग्लो यो ड्यामबाट प्रतिसेकेण्ड ४० क्यूविक मिटर पानी भेरीबाट बबई नदीमा फाल्ने योजना छ।

टनेल बोरिङ मेशिनले नेपालको उत्खनन् क्षेत्रमा ठूलो अपेक्षालाई साकार तुल्याउने छ। सुरुङभित्र आफै खन्दै बाटो बनाउँदै सर्प झैँ घिस्रिँदै अगाडि बढ्ने यो मेशिन विकसित देशहरूमा खासगरी भूमिगत मेट्रो रेलमार्ग निर्माणमा प्रयोग गरिन्छ। त्यस्तै जलविद्युत आयोजना वा खानेपानी आयोजनाको सुरुङ खन्न पनि यो मेशिन प्रयोग गरिन्छ।

निर्माण परियोजनामा १२ किलोमिटर गहिराइसम्म खन्ने क्षमता भएका यस्ता मेशिनले विकासको मार्गमा अघि बढेको नेपाललाई ठूलो सहायता पुग्नेछ। यसबाट नेपाल–चीन मैत्री सहयोगमा नयाँ आयाम पनि थपिएको छ।

जानकारी तथा लेखहरु