फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको आर्थिक बृद्धि गति मन्द, रोजगार समस्या स्पष्ट देखिएको

(GMT+08:00) 2017-09-11 15:48:01

भारतीय तथ्यांक व्यूरोले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् 2017-2018 आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि अर्थात् सन् 2017को अप्रिलदेखि जुलाईसम्म भारतको आर्थिक बृद्धि गति 5.7प्रतिशत मात्रै छ। विष्लेशकहरूको विचारमा आर्थिक बृद्धि गति मन्द भएको र उत्पादन व्यवसाय लामो समयसम्म मन्द भएका कारण भारतको रोजगार समस्या स्पष्ट रुपमा देखिएको छ।

तथ्यांकअनुसार, यसै आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भारतको उत्पादन व्यवसायको आर्थिक बृद्धि गति 1.2प्रतिशत मात्रै छ। गत वर्षको सोही अवधिमा 10.7प्रतिशत रहेको थियो।

भारतीय केन्द्रीय बैंकका भूतपूर्व गभर्नर रघुराम राजनले भारतमा हरेक महिना धेरै व्यक्तिहरू श्रम बजारमा प्रवेश गर्ने बताउँदै तिनीहरूलाई काम उपलब्ध नगराउने हो भने समाजमा हानी पुग्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु