फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मर्केलद्वारा कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधानमा संलग्न हुने आशा

(GMT+08:00) 2017-09-11 16:32:35
 

जर्मनीका चान्सलर एन्जेला मर्कलले सेप्टेम्बर दश तारिख कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधानमा जर्मनी प्रत्यक्ष रुपमा संलग्न हुने आशा जर्मनी सरकारले लिएको व्यक्त गर्नुका साथै इरानको आणविक समस्याको समाधान ढाँचा उपयुक्त हुनसक्ने पनि बताउनुभएको छ।

मर्कलले सोही दिन जर्मनीको "फ्रान्कफर्टर अल्गमाइन जाइटुङ्ग"लार्इ अन्तर्वार्ता दिँदै अन्तर्राष्ट्रिय समाजले जर्मनीलार्इ कोरियाली प्रायद्वीपको समस्याको समाधानमा संलग्न हुने आशा गरेमा तुरुन्तै स्वीकार गर्ने बताउनुभयो।

मर्कलले इरानको आणविक समस्याको समाधान गर्नका लागि इरानको आणविक समस्यासम्बन्धी छ मुलुकले इरानसँग दीर्घकालीन तर महत्वपूर्ण कुटनीतिक वार्ता गरेपछि विगत वर्षहरूमा राम्रो उपलब्धि प्राप्त भएको र कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान पनि उक्त ढाँचाबमोजिम गर्नसकिने पनि बताउनुभयो।

विगत एक सातामा मर्कलले कोरियाली प्रायद्वीपको आणविक समस्याबारे फ्रान्स, चीन, दक्षिण कोरिया, जापानआदि मुलुकका नेताहरू र संयुक्त राष्ट्र संघसँग बेग्ला-बेग्लै रुपमा टेलिफोन वार्ता गर्नुभएको थियो।

जानकारी तथा लेखहरु