फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा अन्तर्राष्ट्रिय न्यायाधिवक्ता महासंघको 22औं वार्षिक सम्मेलन र सदस्य तथा प्रतिनिधि सम्मेलनको आयोजनाप्रति बधाई सन्देश

(GMT+08:00) 2017-09-11 16:33:23

22औं अन्तर्राष्ट्रिय न्यायाधिवक्ता महासंघको वार्षिक सम्मेलन र सदस्य तथा प्रतिनिधि सम्मेलन सेप्टेम्बर एघार तारिख बिहान पैचिंगमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बधाई सन्देश पठाई उक्त सम्मेलनको आयोजनाका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

सीले सार्वजनिक हितका प्रतिनिधिको हैसियतमा न्यायाधिवक्ताले महत्वपूर्ण दायित्व वहन गर्ने भन्दै यस पटकको अन्तर्राष्ट्रिय न्यायाधिवक्ता महासंघको वार्षिक सम्मेलनले सुरक्षित, निष्पक्ष, मेलमिलापयुक्त कानूनी कार्यान्वयन समाजको निर्माणबमोजिम न्यायाधिवक्ताले सार्वजनिक हितको संरक्षण गर्ने समस्याबारे गहिरो रुपमा छलफल गर्ने आशा गरेको बताउनुभएको छ।

उहाँले चीन सरकारले कानूनबमोजिम देशको चौतर्फी शासनमा महत्व दिएको तथा चीनको विशेषतायुक्त समाजवादको कानूनी कार्यान्वयन प्रणालीको निर्माण गर्ने प्रयासमा जोड दिँदैआएको बताउनुभयो।

जानकारी तथा लेखहरु