फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाङ द च्याङद्वारा 22औं अन्तर्राष्ट्रिय न्यायाधिवक्ता महासंघको वार्षिक सम्मेलन र सदस्य तथा प्रतिनिधि सम्मेलनको उदघाटन समारोहमा सम्बोधन

(GMT+08:00) 2017-09-11 16:34:03

22औं अन्तर्राष्ट्रिय न्यायाधिवक्ता महासंघको वार्षिक सम्मेलन र सदस्य तथा प्रतिनिधि सम्मेलन सेप्टेम्बर एघार तारिख बिहान पैचिंगमा शुरु भएको छ। चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका अध्यक्ष चाङ द च्याङले उक्त सम्मेलनको उदघाटन समारोहमा उपस्थित हुँदै सम्बोधन गर्नुभएको छ। चाङ द च्याङले उक्त सम्मेलनमा सहभागी विभिन्न अतिथिको हार्दिक स्वागत गर्नुका साथै उक्त सम्मेलनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

सो अवसरमा चाङले चीनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कानूनी कार्यान्वयनको सहयोगमा महत्व दिएको, सक्रियताका साथ संलग्न भएको र अगाडि बढाइएको र कानूनी कार्यान्वयनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा संलग्न हुँदै धेरै मुलुकहरूसँग कानूनी कार्यान्वयनको सहयोगआदि द्विपक्षीय सन्धिमा हस्ताक्षर गरेको बताउनुभयो।

साथै चाङले अन्तर्राष्ट्रिय न्यायाधिवक्ता महासंघले कानूनी शासन, निष्पक्ष, न्याय, मानव अधिकारको सम्मानको अवधारणाको सकारात्मक रुपमा मूल्यांकन पनि गर्नुभयो।

जानकारी तथा लेखहरु