फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ्ग यी संयुक्त राष्ट्र संघीय महाधिवेशनको सामान्य बहसमा उपस्थित

(GMT+08:00) 2017-09-11 18:29:22

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले 72औं संयुक्त राष्ट्र संघीय महाधिवेशन बाह्र तारिख न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा शुरू हुने आज सेप्टेम्बर एघार तारिख बताउनुभएको छ। साथै उन्नाईस तारिखमा सामान्य बहस पनि आयोजना हुने भएको छ। चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरी सामान्य बहसमा भाग लिनुहुने कार्यक्रम रहेको छ।

बहसमा वाङ्ग यीले पूर्ण रुपमा चीनले हालको अन्तर्राष्ट्रिय परिस्थिति तथा महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्यामा लिएको अडान बारे जानकारी दिनुहुने छ। साथै चीनले संयुक्त राष्ट्र संघका सदस्य मुलुकसँगसँगै विश्व शान्ति र स्थिरतालाई संरक्षण गर्ने र विकास तथा समृद्धिलाई अघि बढाउने विषयमा पनि आफ्नो धारणा राख्नुहुने छ।

जानकारी तथा लेखहरु