फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले प्रस्तावमा गरेको आयोजना परियोजनाहरुमा चीनले सहयोग गर्ने

(GMT+08:00) 2017-09-12 17:48:49

बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी समझदारीपत्र अन्तर्गत भौतिक पूर्वाधारको विकास, ऊर्जा सीमावारपारको सञ्जाल निर्माणजस्ता क्षेत्रहरुमा नेपालले प्रस्तावमा गरेको आयोजना परियोजनाहरुमा चीनले सहयोग गर्ने बचन दिएको छ। साथै सीमावारपार रेललाइन निर्माण सम्वन्धी प्राविधिक कार्यलाई शीघ्र अघि बढाउन नेपाल र चीन सहमत पनि भएका छन्। झण्डै एक हप्ता लामो चीन भ्रमण सकेर सोमबार राति स्वदेश फर्किएका उपप्रधान एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महराले सो जानकारी दिएको अनलाइनखबरले लेखेको छ।

महराले चीन बसाइँको क्रममा उच्चस्तरीय भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ली खछियाङसँगको भेटमा महराले नेपालको एक चीन नीति तथा नेपाली भूमिवाट चीनविरोधी गतिविधि हुने नदिने प्रतिवद्धता दोहोर्याउँदै बेल्ट एण्ड रोड इनिसियटिभले उपलब्ध गराएको अवसरवाट लाभ लिन दुबै देशले मिलेर काम गर्नुपर्ने बताएका थिए। यसबाट भौतिक पूर्वाधार निर्माण, ब्यापार, पर्यटन, लगानी प्रबर्द्धन तथा जनस्तरको सम्वन्ध विस्तारका क्षेत्रमा पारस्परिक सहयोग बढाउन सकिने महराको भनाइ थियो।

त्यस्तै, राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको रुपमा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य शीघ्र अघि बढाउन उनले चिनियाँ पक्षलाई अनुरोध गरेका थिए। रेलमार्ग निर्माणमा नेपालका प्रमुख दलका शीर्ष नेताहरु एकमत रहेको जानकारी पनि महराले गराएका थिए।

साथै महराले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको प्रतिक्षामा रहेको पनि बताएको स्वदेश फर्किएपछि जारी प्रेस नोटमा उल्लेख छ।

स्वदेश फर्किएलगत्तै महराले जारी गरेको प्रेस नोटमा लेखिएको छ, 'हिमालवारपार हुने गरी रेलमार्ग निर्माणको सम्बन्धमा सो मार्ग संसारको सबैभन्दा कठीन भूबनोट भएर जाने तथा छोटो दूरीमा ठूलो उचाईको अन्तर पर्ने भएकाले पर्याप्त बैज्ञानिक अध्ययन अनुसन्धान गरी कामलाई शीघ्र अगाडि बढाइने बताउनु भयो।'

चिनियाँ रेल मार्गलाई केरुङ हुँदै काठमाडौं जोड्ने र काठमाडौं– पोखरा तथा काठमाडौं–लुम्बिनी रेल पुर्याउने नेपाल सरकारको अवधारणा छ। सो अवधारणामा चिनियाँ सहयोगको अपेक्षा गरिएको छ। चीनले पनि रेलमार्ग निर्माणमा चासो दिँदै आएको छ।

जानकारी तथा लेखहरु