फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डोल्पाको जुफाल विमानस्थल ४२ वर्षपछि कालोपत्रे

(GMT+08:00) 2017-09-12 17:56:43

डोल्पाको जुफाल विमानस्थलामा सम्मिट एअरको जहाजले नयाँ उडान भर्न थालेको छ। सोमबार बिहान ९ बजेपछि सम्मिट एयरको जहाजले जुफाल विमानस्थलमा अवतरण गरेको नागरिक उडड्यनको कार्यालय जुफालले जानकारी दिएको नयाँपत्रिकाले लेखेको छ।

डोल्पामा विमानस्थल सञ्चालन भएको ४२ वर्षपछि कालो पत्रे भएको धावनमार्गमा नयाँ कम्पनीका लेट जहाज कुदेको देख्दा स्थानियहरुले खुशी मनाएका छन्।

अब सहजै यात्रा गर्न सकिने र यसले ठूलो राहत मिलेको भन्दै स्थानीयहरुले सम्मिट एअरका चालकदलका सदस्यलाई फुलमालाले स्वागत गरेका थिए।

सम्मिट एयरका क्याप्टेन रबिन्द्र रोकाया,क्याप्टेन एडि शेर्पा र एयर होस्टेज के थापा सहित ३ सदस्यीय चालक दलको टोलीले पहिलो पटक १८ सिट क्षमताको लेट जहाज अवतरण गरेको सम्मिट एयरका जुफाल स्टेशन इनचार्ज पूर्णजंग शाहीले बताएका छन्।

नेपालगञ्ज–डोल्पा ८ हजार ६ सय ५० रुपैया र डोल्पा–नेपालगञ्ज ३ हजार ६ सय १५ रुपैया भाडादर रहेको छ।

जानकारी तथा लेखहरु