फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्वारा डिजिटल प्रविधिमार्फत गैर-भौतिक सांस्कृतिक सम्पदाको सँरक्षण

(GMT+08:00) 2017-09-12 17:57:38

सन् 2012देखि सन् 2016सम्म तिब्बतले तिब्बती गैर-भौतिक सांस्कृतिक सम्पदा सम्बन्धी शृंखलाबद्ध किताब र भिडियोको प्रकाशन कार्यको आरम्भ गरी लगभग एक सय किसिमका भिडियोको प्रकाशन गरेको छ। तिब्बत स्वायत्त प्रदेश सरकारले सेप्टेम्बर एघार तारिख तिब्बतमा आयोजित "परिवर्तित पाँच वर्षमा प्राप्त उपलब्धि"शीर्षकको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।

तिब्बत स्वायत्त प्रदेशको संस्कृति मन्त्रालयका उपप्रमुख चौ होङ याङले उक्त पत्रकार सम्मेलनमा भन्नुभए अनुसार, तिब्बतले बिनाश हुनलागेका ती सम्पदाको स्तर बमोजिम उद्धारयुक्त रेकर्ड कार्यको आरम्भ गर्दै पन्धजना प्रौढ राष्ट्रिय स्तरका उत्तराधिकारीबाट उद्धारयुक्त रेकर्ड कार्य सिध्याएको छ।

हालसम्म तिब्बतले तिब्बतका आठवटा परम्परागत तिब्बती नाटक, तिब्बती नृत्य कला, राजा केशार महाकाब्य र अन्य गैर-भौतिक सांस्कृतिक योजना सम्बन्धी डिजिटल निर्माण कार्य पनि सम्पन्न गरिसकेको छ।

जानकारी तथा लेखहरु