फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2016 मा पाकिस्तानभित्र आतंकवादी हमला ठूलो परिधिमा घटेको

(GMT+08:00) 2017-09-12 17:58:17

पाकिस्तानी सञ्चार-माध्यमले सेप्टेम्बर एघार तारिख पाकिस्तानी राष्ट्रिय आतंकवाद विरुद्ध ब्युरोको तथ्याङ्कलाई उद्धृत गर्दै जनाए अनुसार, सन् 2016मा पाकिस्तानभित्र जम्मा 785 वटा आतंकवादी हमला भएको थियो। जुन संख्या सन् 2015को तुलनामा झण्डै एकतीस प्रतिशतले कम हो। यस वर्षयता पाकिस्तानभित्र जम्मा 426वटा आतंकवादी हमला भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

उक्त तथ्याङ्क बमोजिम पाकिस्तानभित्रको आतंकवादी आक्रमण घटना सन् 2006देखि बढ्दैगएको देखिन्थ्यो। सन् 2010मा पाकिस्तानमा जम्मा 2061वटा आतंकवादी आक्रमण भएको थियो। जुन सबैभन्दा बढी आतंकवादी हमला देखा परेको वर्ष पनि हो।

तर सन् 2015देखि पाकिस्तानमा आतंकवादी हमला क्रमश: घट्दैआएको देखिन्छ। जुन सन् 2014देखि यता पाकिस्तानले देशभित्रका आतंकवादी संगठनको सामनाका लागि चलाएका अनेकन् ठूला आतंकवाद विरोधी गतिबिधिहरूको प्रतिफल हो।

जानकारी तथा लेखहरु