फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्द्वारा उत्तर कोरियामाथि कडा नाकाबन्दी निर्णय पारित

(GMT+08:00) 2017-09-12 18:29:52
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले हिजो सेप्टेम्बर एघार तारिख संयुक्त रुपमा 2375नम्बरको निर्णयलाई पारित गरी उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लगाउने निर्णय गरेको छ। उक्त निर्णयमा कोरियाली प्रायद्वीप र उत्तर-पूर्वी एशियाको शान्ति र स्थिरतालाई संरक्षण गर्ने पुनर्पुष्टि गर्नुका साथै कुटनीति तथा राजनीतिका उपायमार्फत शान्तिपूर्ण रुपमा यस समस्याको समाधान गर्न आह्वान गरिएको छ।

उक्त निर्णयको अनुसार, अन्तर्राष्ट्रिय समाजले उत्तर कोरियाको पेट्रोल आपूर्तिलाई घटाउने, उत्तर कोरियाले उत्पादन गरेको कपडाको निर्यातलाई निषेध गर्ने, विदेशमा काम गरेका उत्तर कोरियाली नागरिकले उत्तर कोरियामा रकम पठाउने पनि निषेध गर्ने आदि कदम समावेश छ।

संयुक्त राष्ट्र संघका चिनियाँ स्थायी प्रतिनिधि लिउ जे यीले कोरियाली प्रायद्वीपमा आणविक प्रबन्ध हटाउने, वार्तामार्फत समस्याको समाधान गर्नेमा चीनले सधैं नै समर्थन गर्दै जाने औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु