फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्द्वारा 2375नम्बरको निर्णय पारित

(GMT+08:00) 2017-09-12 18:30:35

हिजो सेप्टेम्बर एघार तारिख कोरियाली प्रायद्वीपको आणविक समस्याबारे संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले 2375नम्बरको निर्णयलाई पारित गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुभएको छ।

उत्तर कोरियाले पुनः आणविक परिक्षण गरेकोमा अन्तर्राष्ट्रिय समाजले विरोध गरेको प्रवक्ता कङ्गले व्यक्त गर्दै उत्तर कोरियाको व्यवहारले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को निर्णयलाई उल्लंघन गरेको बताउनुभएको छ। सुरक्षा परिषद्ले 2375नम्बर निर्णयलाई पारित गरेकोले सुरक्षा परिषद्को सदस्यहरुले प्रायद्वीप र क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने, प्रायद्वीपमा आणविक प्रबन्ध हटाउने प्रक्रियालाई अघि बढाउने संयुक्त अडान लिएको बताउनुभएको छ।

चीन कोरियाली प्रायद्वीपको छिमेकी मुलुक भएकोले प्रायद्वीपको परिस्थितिमा विशेष ध्यान दिंदै जाने भन्दै प्रवक्ता कङ्गले सुरक्षा परिषद्ले चालेको आवश्यक कदमहरुलार्इ चीनले स्वीकार गरेको पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु