फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा रोबोट निर्माणको क्षेत्रमा दक्ष व्यक्तिलाई तालिम

(GMT+08:00) 2017-09-12 18:40:33

"मेड इन चाइना" पूर्ण रुपमा डिजिटल र बुद्धिमत्ता रोबोटको दिशातर्फ विकसित हुँदैगएको सिलसिलामा दक्ष व्यक्तिका लागि तालिम दिनु पनि निकै आवश्यक भएको छ। उनीहरूले कौशलताका साथ परम्परागत प्रविधिको प्रयोग गर्नु बाहेक औद्योगिक रोबोट र बुद्धिमत्ता प्रबन्ध चलाउने प्रविधिको पनि प्रयोग गर्नु पर्ने हुन्छ।

चीनका उद्योग र सूचना उपमन्त्री छ्न चाउ स्योङले चीनले दक्ष व्यक्ति र उच्च प्रविधियुक्त योग्य व्यक्तिलाई तालिम दिने प्रक्रियालाई अघि बढाउनुका साथै जोडतोडसँग बुद्धिमत्ता रोबोट निर्माण क्षेत्रमा दक्ष व्यक्तिलाई हुर्काउने बताउनुभएको छ। उहाँले हाल चीनको आनह्वै प्रान्तको ऊ हु शहरमा आयोजित दोस्रो राष्ट्रिय औद्योगिक रोबोट प्रविधि प्रयोग प्रतिस्पर्धाको फाइनलपछिको समापन समारोहलाई सम्बोधन गर्दै‍ उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु