फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय तीर्थयात्रुहरूले चीनमा तीर्थयात्रा गर्ने सम्बन्धमा भारतसित सम्पर्क राख्दैजान चीन इच्छुक

(GMT+08:00) 2017-09-12 18:48:12

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बाह्र तारिख पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा चीन र भारत दुवै देश बीचको गैर-सरकारी आवात-जावत र मानवीय आदान-प्रदानमा चीनले महत्व दिनुका साथै भारतीय तीर्थयात्रुहरूको चीनमा तीर्थयात्रा गर्ने विषयबारे निरन्तर रुपमा भारतसित सम्पर्क राख्दैजाने मनसाय लिएको बताउनुभएको छ।

गत जुन महिनामा भारतीय सेनाले चीन र भारत सीमा क्षेत्रको सिक्किम भागको सीमा रेखा पार गरी चीनको सीमाभित्र प्रवेश गरेको थियो। त्यसबाट सीमा क्षेत्रको परिस्थिति तनावपूर्ण बनेको थियो। सुरक्षाको दृष्टिबाट चीनले नाथुला नाकाबाट चीनमा प्रवेश गरी तीर्थयात्रा गर्न चाहने भारतीय तीर्थयात्रुहरूलाई बन्दोबस्त मिलाउने काम हाललाई स्थगित गरेको छ।

जानकारी तथा लेखहरु