फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बैंकमा थुप्रियो पैसा

(GMT+08:00) 2017-09-13 15:19:33

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ। हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ।

तरलता अभाव सुरु भएको करिब १ वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिएको अन्नपूर्णपोस्टले लेखेको छ।

हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको भन्दै थापाले निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको तर कर्जा प्रवाह १८–१९ प्रतिशतमा खुम्चिएको बताए। साथै पुँजी वृद्धि योजना अधिक तरलताको अर्को प्रमुख कारण भएको पनि बताए। पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ।

साउनदेखि बैंकमा तरलताको अवस्था सुधार हुँदै आए पनि बैंकले लगानी बढाउन नसकेका कारण अधिक तरलताको अवस्था आएको हो।

जानकारी तथा लेखहरु