फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो टेक्स्टायल एक्स्पो भदौ ३० देखि

(GMT+08:00) 2017-09-13 15:24:53

पहिलो पटक 'यार्न एण्ड टेक्स्टायल एक्स्पो' भदौ ३० गतेदेखि राजधानी काठमाण्डुको भृकुटीमण्डपमा हुने भएको छ। नेपाल धागो उत्पादक संघ आयोजक रहेको मेला असोज ३ गतेसम्म चल्नेछ।

नेपालमा उत्पादित धागोबाट तयार गरिएका कपडा, होजियरी, सर्टिङसुटिङ, निटिङ्ग जस्ता वस्तुहरुलाई समेटेर एउटै छानामुनि प्रचार प्रसार एवं विक्री वितरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।

उक्त संघमा आवद्ध विभिन्न उद्योगहरुले हाल पोलिष्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र व्लेण्डेड रंगिन तथा सादा गरी हाल वार्षिक रुपमा करिब ४० हजार मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेका छन्। कुल उत्पादनको ८० प्रतिशत निर्यात हुने र २० प्रतिशत स्वदेशमै खपत हुने गरेको संघको दावी छ।

भारतमा मात्रै नभई हाल तेश्रो मुलुकमा समेत निर्यात भइरहेको धागोको व्यापार बढ्दै गइरहेको संघले जनाएको छ।

नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरुबाट हाल कपडा, सर्टिङ/सुटिङ होजियरी, स्वेयटर, झुल आदि विभिन्न प्रकारको कपडा उत्पादनमा प्रयोग हुने धागोहरु उत्पादन भइरहेका छन्। यी धागो तथा कपडा उद्योगहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा करीब ५० हजार जना संलग्न रहेको संघका अध्यक्ष पवन गोल्याणले जानकारी दिएको सेतोपाटीले लेखेको छ।

स्वदेशमा रहेको विभिन्न कपडा, होजियरी र निटिङ्ग उद्योगहरुको लागि आवश्यक पर्ने सम्पुर्ण ग्रे तथा रंगिन धागो, आधुनिक मेसिनहरुको बारेमा पनि मेलामा जानकारी पाइने संघले जनाएको छ।

जानकारी तथा लेखहरु