फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा अगस्टको मुद्रास्फितिको दर पाँच महिनायता सबैभन्दा धेरै

(GMT+08:00) 2017-09-13 15:31:13
भारतीय केन्द्रिय तथ्याँक व्यूरोले हिजो सेप्टेम्बर बाह्र तारिख सार्वजनिक गरेको तथ्याँकको अनुसार, अगस्ट महिनामा भारतको उपभोग मूल्य सूचकाङ्क(CPI)गत वर्षको सोहि अवधिको तुलनामा 3.36प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि दर पाँच महिनायता कै सबैभन्दा धेरै हो।

अगस्टमा भारतको मुद्रास्फितिको दर वृद्धि हुनुको मुख्य कारण खाद्य पदार्थको मूल्य वृद्धि हो। साथै भारतमा मुद्रास्फितिको दर निरन्तर दोस्रो महिनामा पनि वृद्धि भएको छ र जुलाईमा भारतको मुद्रास्फितिको दर 2.36प्रतिशत थियो।

मुद्रास्फितिको दर वृद्धि भएबाट आर्थिक वृद्धि मन्द भएको भारतलाई धेरै दवाव दिइएको छ। भारतको आर्थिक वर्ष 2017-2018को पहिलो चौमासिकमा आर्थिक वृद्धि दर 5.7प्रतिशत मात्र रहेको छ। जुन निरन्तर रूपमा पाँचौं चौमासिकसम्म आइपुग्दा पनि घटिरहेको छ।

जानकारी तथा लेखहरु