फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीद्वारा मुख्य अन्तर्राष्ट्रिय आर्थिक संगठनका जिम्मेवार व्यक्तिहरूसँग गोलमेच वार्ता

(GMT+08:00) 2017-09-13 15:32:57

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो सेप्टेम्बर बाह्र तारिख त्याउ यु थाइ राष्ट्रिय होटेलमा विश्व बैंकका प्रमुख किम योंग, अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्यक्ष क्रिस्टीन लगार्ड, विश्व व्यापार संगठनका अध्यक्ष रोबर्टो अजिभेडो आदि विश्वका मुख्य अन्तर्राष्ट्रिय आर्थिक मौद्रिक संगठनका जिम्मेवार व्यक्तिहरूसँग गोलमेच वार्ताको आयोजना गरी संयुक्त रुपमा पत्रकार सम्मेलन पनि गर्नुभएको छ।

चीनका प्रधानमन्त्री लीले हालको विश्व आर्थिक परिस्थितिबारे जानकारी दिँदै र चीनको अर्थतन्त्रको चर्चा गर्दै यस वर्षको पूर्वार्धमा चीनको आर्थिक वृद्धि दर 6.9प्रतिशतमा रहेको र साथै उत्तरार्धमा अझ राम्रो प्रवृत्ति कायम राख्ने पनि बताउनुभएको छ।

गोलमेच वार्ता सम्मेलनमा भाग लिनुभएको विश्व मुख्य अन्तर्राष्ट्रिय आर्थिक मौद्रिक संगठनका जिम्मेवार व्यक्तिहरूले विश्व अर्थतन्त्र र चीनको अर्थतन्त्रको बारेमा बैचारिक आदानप्रदान गर्ने चौतारोको स्थापना गरेकोमा चीनलाई धन्यवाद दिएका छन्।

जानकारी तथा लेखहरु