फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको 22औं पूर्ण सम्मेलनलाई शुभकामना सन्देश

(GMT+08:00) 2017-09-13 15:33:45

संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको 22औं पूर्ण सम्मेलन तेह्र तारिख चीनको स छ्वान प्रान्तको छङ तु शहरमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले पर्यटन विभिन्न मुलुक र विभिन्न संस्कृति बीच आदान-प्रदान गरिने महत्वपूर्ण साधन हो भन्दै आर्थिक विकास र रोजगारलाई प्रबर्द्धन गर्ने प्रभावकारी उपाय हुनुका साथै जनताको जीवन स्तरलाई माथि उकास्ने महत्वपूर्ण व्यवसाय पनि भएको औंल्याउनुभएको छ।

चीनले पर्यटन व्यवसायको विकासमा निकै महत्व दिंदैआएको बताउँदै राष्ट्राध्यक्ष सीले पर्यटन व्यवसायले चीनको अर्थतन्त्र र रोजगारतर्फ गरेको योगदान दर दश प्रतिशतभन्दा बढी पुगेको पनि उल्लेख गर्नुभएको छ।

विभिन्न मुलुकहरूले यस पटकको सम्मेलनको सदुपयोग गरी संयुक्त रुपमा सारा विश्वको पर्यटन कार्यलाई अझ विकसित पार्दैजाने आशा पनि उहाँले आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु