फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषद्का सदस्य याङ चे छ तथा अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन बीच भेटवार्ता

(GMT+08:00) 2017-09-13 16:15:34

जमाइकाको भ्रमण सम्पन्न गरेपछि अमेरिकाको वाशिङटन पुगेका चीनको राज्य परिषद्का सदस्य याङ चे छले बाह्र तारिख अमेरिकी विदेश मन्त्रालयमा विदेश मन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा सदस्य याङले चीन-अमेरिका सम्बन्ध राम्रोसँग विकास हुने प्रवृत्तिको सँरक्षण गर्नु नै दुवै देशका साझा हित अनुकूल हुनुका साथै समस्त अन्तर्राष्ट्रिय समाजको साझा शुभेच्छा पनि भएको औंल्याउनुभएको छ। राष्ट्राध्यक्ष सी चिन फिङ र राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा केही समययता चीन-अमेरिका सम्बन्धमा महत्वपूर्ण र सकारात्मक प्रगति हासिल भएको पनि उहाँले बताउनुभएको छ।

भेटको क्रममा विदेश मन्त्री टिलर्सनले चीनसँग मिलेर द्विपक्षीय सम्बन्धलाई अझै विकसित पार्दैजान अमेरिका इच्छुक रहेको औंल्याउनुभयो। यसै वर्षभित्र चीनको राजकीय भ्रमण गर्ने प्रतिक्षामा राष्ट्रपति ट्रम्प रहिरहनुभएको पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु