फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीन-भारत बीचको घनिष्ट भावना" शीर्षकको किताबको हिन्दी संस्करणको विमोचन कार्यक्रम भारतमा आयोजना

(GMT+08:00) 2017-09-13 16:16:23

भारतीय चिनियाँ शास्त्र विशेषज्ञ एवम् अनुवादक डा.बी.आर.दिपकको नयाँ ग्रन्थ अर्थात् "चीन-भारत बीचको घनिष्ट भावना"शीर्षकको किताबको हिन्दी संस्करण र उहाँले अनुवाद गर्नुभएको "कन्फ्युसियसको विचार" र "मङ च" शीर्षकका दुईवटा पुस्तकको विमोचन कार्यक्रम बाह्र तारिख भारतको नेहरू विश्वविद्यालयमा आयोजना गरिएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै दिपकले चीनबारे विस्तृत रुपमा जानकारी लिनका लागि चीनको संस्कृति र चिनियाँको विचारबारे अवगत हुनुपर्ने र यसका लागि चिनियाँ संस्कृति अध्ययनका लागि जोड दिनुभएको छ।

दिपक भारतको नेहरू विश्वविद्यालय अन्तर्गत चीन र दक्षिण-पूर्वी एशिया अनुसन्धान केन्द्रमा कार्यरत् प्राध्यापक हुनुहुन्छ। उहाँले भ्रमणकारी विद्वानको हैसियतमा पैचिङ विश्वविद्यालय र चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानमा चिनियाँ इतिहास र संस्कृतिको अध्ययन गर्नुभएको थियो।

जानकारी तथा लेखहरु