फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिशुली थ्री 'ए'को सुरुङ खन्ने काम अन्तिम चरणमा

(GMT+08:00) 2017-09-14 15:29:10
चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको त्रिशुली थ्री 'ए' को सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ।

भूकम्पका कारण झन्डै २ वर्ष काम रोकेको यो कम्पनीले गत साउनको सुरुवातबाट काम सुरु गरेको थियो। जसले २ महिनामा १ सय ८६ मिटर सुरुङ खनेको छ। यो आयोजनाको सुरुङ ४ दशमलव १ किमी लामो हुन्छ। जसमध्ये भूकम्प अघि ३.८९ किमि खनिसकेको थियो।

भूकम्पका कारण पहुँच मार्ग बिग्रेपछि यसले निर्माण कार्य रोकेको थियो। भूकम्पपछि काम छाडेको यो कम्पनीले २ वर्षपछि मात्र काम थालेको अनलाइनखबरले लेखेको छ। भूकम्पले ध्वस्त पारेको पहुँच मार्ग नेपाली सेनाको सहयोगमा निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनीले काम थालेको हो।

सही तवरले काम अघि बढ्न पाएकेा भए यो आयोजना गत वर्षको असार बाटै सञ्चालनमा आइसक्थ्यो। तर यो आयोजना सन् २०१९ को अप्रिलसम्ममा मात्रै निर्माण भइसक्ने माथिल्लो त्रिशुली थ्री 'ए' जलविद्युत आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए।

जोशीले भने '२ महिनादेखि निरन्तर रुपमा काम अघि बढेको छ, सुरुङ निर्माण सँगै अन्य पहुँच मार्ग मर्मत, पावर हाउस निर्माणको काम पनि अघि बढाएको छ। 'सन् २०११ को जुनबाट काम सुरु भएको यो आयोजना कुल ६० मेगावाट क्षमताको छ।

जानकारी तथा लेखहरु